शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा शुरु

सार्वजनिक–निजी साझेदारीको ढाँचामा परीक्षणका रुपमा थालिएको उक्त परियोजनामा नेपाल सरकारले रु ७९ करोड र बैंकले झण्डै रु एक अर्ब २३ करोड लगानी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ उच्च प्रविधियुक्त प्रदूषणमुक्त बससेवाको संयुक्त रुपमा राजधानीमा शुरुवात गर्दै । तस्बिर सौजन्य : एशियाली विकास बैंक, नेपाल कार्यालय |रासस

काठमाडौं, २८ साउन । गोंगबु–सिनामंगल ‘रुट’मा प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा शुरु भएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र काठमाडौंस्थित एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्तरुपमा आज उक्त सेवाको शुभारम्भ गरेका हुन् । 

एशियाली विकास बैंकको दिगो शहरी यातायात परियोजनाअन्तर्गत २५‘सिटे’ १७ वटा बसबाट उक्त सेवा शुरु गरिएको छ । पुराना २६ वटा माइक्रोबस र ३५ वटा तीनपाङ्ग्रे ट्याम्पोलाई विस्थापन गरेर उक्त सेवा प्रारम्भ गरिएको जनाएको छ । 

सार्वजनिक–निजी साझेदारीको ढाँचामा परीक्षणका रुपमा थालिएको उक्त परियोजनामा नेपाल सरकारले रु ७९ करोड र बैंकले झण्डै रु एक अर्ब २३ करोड लगानी गरेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा