रुसी राजदूतको निधन
सन् २०१६ को फेब्रुअरीदेखि उनी नेपालमा कार्यरत थिए ।

काठमाडौं, २७ साउन । नेपालका लागि रुसी महासङ्घका राजदूत आन्द्रेइ बुधनिकको निधन भएको छ ।
गत शुक्रबार मस्कोमा उनको निधन भएको जानकारी यहाँस्थित रुसी महासङ्घको दूतावासले दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राजदूत बुधनिक गत जुलाई ७ तारिखदेखि रुसमा थिए । सन् २०१६ को फेब्रुअरीदेखि उनी नेपालमा कार्यरत थिए । रासस