सोमबार, ५ कार्तिक, २०७५ Monday, 22 October, 2018

विप्लव नेतृत्वको दुई कार्यकर्ता पक्राउ

कार्यक्रम नगर्न पटक पटक गरिएको अनुरोधलाई अटेर गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
प्रतिनिधिमुलक फोटो / वेब

रोल्पा, २५ साउन । पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुई कार्यकर्ता घर्तीगाउँबाट नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेको बताइएको छ । उनीहरुसँगै नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

विरोध कार्यक्रम हेर्न पुगको क्षेत्रीय सभापति घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यक्रम नगर्न पटक पटक गरिएको अनुरोधलाई अटेर गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

आफ्ना जिल्लास्तरीय दुई कार्यकर्ता पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले पुष्टि गरे । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा