शनिबार, २ भदौ, २०७५ Saturday, 18 August, 2018

आदिवासी जनजातिको समान सहभागिताका लागि ठोस कार्यक्रम ल्याउनुपर्छ

“मुलुकका हरेक तह र निकायमा आदिवासी जनजातिको समान सहभागिताका लागि राज्यले ठोस कार्यक्रम तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयनतर्फ विशेष ध्यान दिनुपर्दछ ।” 
फाइल फोटो /वेब

इटहरी, २४ साउन । प्रदेश नं. १ का प्रमुख प्राध्यापक डा गोविन्दबहादुर तुम्बाहाङले आदिवासी जनजाति समु्दायको उत्थान र समान सहभागिताका लागि राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । 

२४ औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ इटहरीले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले भने, “मुलुकका हरेक तह र निकायमा आदिवासी जनजातिको समान सहभागिताका लागि राज्यले ठोस कार्यक्रम तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयनतर्फ विशेष ध्यान दिनुपर्दछ ।” 

प्रदेश प्रमुख प्राडा तुम्बाहाङले निश्चित समयसम्म शिक्षा, स्वास्थ्य एवम् राज्यको हरेक तहमा समान पहुँच र सहभागिताका लागि सरकारले विशेष कार्यक्रम ल्याउन सकियो भने आदिवासी जनजातिको उन्नयन हुने बताए । 

नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्यालले सामाजिक न्याय, समानता र मानव विरुद्धको विभेद अन्त्यका लागि आदिवासी जनजाति समुदाय सचेत हुनुपर्नेमा जोड दिदैं आफ्नो हक र अधिकारका लागि आदिवासी जनजाति एक जुट हुनुपर्ने बताए । 

महासंघ इटहरीका अध्यक्ष कणैविक्रम लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा नेता सुजेन्द्र तामाङ, सांसद् सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, थारु कल्याणकारी सभाका नेता मिलिराम चौधरी, रामकुमार राई, जय गोले, धीरेन्द्रकुमार चौधरीलगायतले आदिवासी जनजातिको विकास र समृद्धिका लागि गर्नुपर्ने कार्यको विविध पक्षमाथि प्रकाश पारे । 

समारोहमा विभिन्न जातजातिका कलाकारहरुले आ–आफ्नो जातीय वेषभूषामा सहभागी भएर नृत्य, झाँकी र गीत प्रस्तुत गरेका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा