शनिबार, २ भदौ, २०७५ Saturday, 18 August, 2018

नेकपा मालेद्वारा विश्वकर्मा रिहा गर्न माग

प्रहरीले जबर्जस्ती चन्दा असुलीको आरोपमा विश्वकर्मासहित दुई जनालाई बुधबार दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको जनाइएको छ ।
फाइल फोटो /वेब

काठमाडौं, २४ साउन । नेकपा (माले) ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न सरकारसँग माग गरेको छ । 

पार्टी महासचिव सिपी मैनालीले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकर्मा र उनीसँगै गिरफ्तार गरिएका सबैलाई तत्काल विनाशर्र्त रिहा गर्न आग्रह गरेका हुन् । 

विज्ञप्तिमा शान्तिपूर्णरुपमा आफ्ना विचार राख्न र पार्टी सञ्चालनका निम्ति स्वेच्छिकरुपमा आर्थिक सहयोग संकलन गर्न पाउने अधिकारमाथि कुनै पनि बन्देज लगाउन नहुने भनिएको छ ।

प्रहरीले जबर्जस्ती चन्दा असुलीको आरोपमा विश्वकर्मासहित दुई जनालाई बुधबार दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको जनाइएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा