मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

सहमतिपछि आन्दोलन स्थगित

“दुवै पक्षबाट सहमतिको पूर्णपालना हुने र जनतालाई भ्रमित पार्ने कार्य कसैले नगर्नेसमेत सहमति भएको छ ।” 
नक्सामा सिरहा गोलबजार

लहान, २३ साउन । सिरहा गोलबजार नगरपालिकाको वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति भएपछि विगत दुई सातादेखि जारी आन्दोलन टुङ्गिएको छ । 

आव २०७४/७५ को वडा तथा नगरस्तरीय योजना, स्टिमेट, उपभोक्ता समितिको विवरण, नगर क्षेत्रका नयाँ तथा पुराना सडकको मापदण्ड, दोस्रो नगरसभाबाट पारित गरिएका नीति, कार्यक्रम तथा योजना उपलब्ध गराउनुपर्ने र दोस्रो नगरसभाले गरेका करवृद्धि फिर्ता गर्नुपर्ने सहितका माग राख्दै नेपाली कांग्रेससहित विभिन्न दलका प्रतिनिधिले धर्ना, जुलुसलगायत आन्दोलनका कार्यक्रम गर्दै आएको थियो । 

नगरप्रमुख देवनाथ साहको अध्यक्षतामा गठित पाँच सदस्यीय वार्ता टोलीले आन्दोलनरत संघर्ष समितिको मागबमोजिमका विवरण उपलब्ध गराउने सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित भएको हो । 

सूचना पाउने हरेक व्यक्ति र राजनीतिक दलको अधिकार भएकाले यसप्रति नगरपालिका सचेत रहने र दिनुपर्ने सूचना उपलब्ध गराउने सहमति दुबै पक्षबीच भएको छ, नगरपालिकाका प्रवक्ता उमेश बरालले भने “दुवै पक्षबाट सहमतिको पूर्णपालना हुने र जनतालाई भ्रमित पार्ने कार्य कसैले नगर्नेसमेत सहमति भएको छ ।” 

नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राजपा, नयाँ शक्ति पार्टी, विवेकशील साझा पार्टीसहित सात दलको आन्दोलनका कारण नगरपालिकाको दैनिक कामकारवाही प्रभावित हुँदै आएको थियो । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा