शनिबार, २ भदौ, २०७५ Saturday, 18 August, 2018

यस्तो छ –‘छक्का पञ्जा–३’ को ‘माकुरी पहिलो नम्बरमा’ (भिडियो)

‘पहिलो नम्बरमा’ गीतमा चलचित्रका सबै कलाकारहरुलाई समेटिएको छ ।
फोटो : यूट्युब स्क्रिनशट

काठमाडौं, १४ साउन । नेपाली चलचित्र ‘छक्का पञ्जा-३’को पहिलो गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक भएको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित रेडियो अडियोको प्रागंणमा ज्योतिषको सल्लाह अनुसार सोमबार (आज) पहिलो गीत ‘पहिलो नम्बरमा’सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा निर्देशक दीपाश्री निरौला, दीपकराज गिरी, गीतकार राजेन्द्र थापा, गायिका बिन्दु परियार, गायक डेविड शंकरलगायतको उपस्थिति रहेको थियो ।

दीपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा-३’को उक्त गीतमा राजेन्द्र थापाका शब्द र दीपक शर्माको संगीतमा डेविडशंकर र बिन्दु परियारले स्वर दिएका छन् ।

‘पहिलो नम्बरमा’ गीतमा चलचित्रका सबै कलाकारहरुलाई समेटिएको छ ।

दसैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको ‘छक्का पञ्जा-३’ मा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, स्वस्तीमा खड्का, केदार घिमिरे, वर्षा रावत, बुद्धि तामाङ, निर शाह,  किरण केसी,  शिवहरि पौडेल, जयनन्द लामा, अनुराग कुवँर, शारदा गिरी, संजोग कोइराला, वसन्त भट्टलगायत कलाकारको अभियन रहेको छ । 

आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुितमा निर्मित ‘छक्का पञ्जा-३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा  सुमन गिरी भान्जा,  किरण कसी,  शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् ।

भिडियो हेर्नुस्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा