मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

आइतबारबाट डा.केसी समर्थकले सामूहिक सत्याग्रह गर्ने

‘दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह सुरु गर्न लागिएको हो ।’
अनशनरत डा. गोविन्द केसीको मागको समर्थनमा काठमाडौंको वानेश्वरमा शनिबार सोलडारिटी फर डा. केसी अलायन्सको आयोजनामा निकालिएको र्‍यालीमा विभिन्न राजनीजितक दलका नेता, आधिकारर्मीसहित समर्थकहरु । तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौं, ५ साउन । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनरत डा.गोविन्द केसीका समर्थकले आइतबार (भोलि)देखि बसन्तपुरमा सामूहिक अनशन बस्ने बताएका छन् । 

आज डा.केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो । 

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह सुरु गर्न लागिएको डा.केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।

प्रर्दशनीमा राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा.केसीको जीवनरक्षा गर्न माग गरेका हुन् । 

कार्यक्रममा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले डा.केसीले उठाएका विषय सम्पूर्ण नेपालीका भएकाले छिटोभन्दा छिटो उनको माग पूरा गर्नुपर्ने बताए । 

अधिकारकर्मी कृष्ण पहाडीले सरकारले जतिसक्दो छिटो माग सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने बताए । 

डा.केसीको समर्थनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, लेखक खगेन्द्र संग्रौला, बलिउड अभिनेत्री मनिषा कोइरालालगायत पनि उपस्थित थिए ।

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा.केसीले जुम्लाबाट आमरण अनशन सुरु गरेका थिए । 

स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकप्टरबाट डा.केसीलाई काठमाडौं ल्याएको थियो । हाल उनी शिक्षण अस्पतालमा २२ औँ दिनको अनशनमा थिए । यो उनको १५ औँ पटकको अनशन हो । 

जुम्लाबाट काठमाडौं आएपछि डा.केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गरेका छन् । 

यता डा.केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको बताइएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा