मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

राष्ट्रपति ट्रम्पप्रति पुटिनको आशंका

राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल’ भएको टिप्पणी पनि गरेको छन् ।
फाइल फोटो/वेब

मस्को, ४ साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गरेका छन् ।

केही दिन अघि भएको वार्तामा दुई नेताकाबीचमा भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उनले आशंका व्यक्त गरेका हुन् । राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल’ भएको टिप्पणी पनि गरेको समाचारमा जनाइएको छ । 

रुसका राजदूतहरुको एउटा सम्मेलनमा पुटिनले दुई नेताका बीचमा निकै उपयोगी र अवश्यक सहमति भएको बताए । आफुहरु द्विपक्षीय हितका विषयमा मिलेर अगाडि बढ्न तयार भएको पनि उनले जानकारी दिए । एक आपसमा अन्त्यन्त सन्तुष्ट राष्ट्रका रुपमा रहने उनको भनाइ छ । 

एक आपसका अत्यन्त आलोचक र आक्रमक देखिने पुटिन र ट्रम्पबीच गत सोमबार हेल्सिन्कीमा शिखर वार्ता भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा