शनिबार, २ भदौ, २०७५ Saturday, 18 August, 2018

भारतमा एक रुसी महिलामाथि सामूहिक बलात्कार

अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती रुसी महिला पर्यटकलाई हप्तादिन लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । 
सांकेतिक फाइल फोटो/वेब

नयाँ दिल्ली, ३ साउन । भारतको चेन्नइमा एकजना रुसी महिलाको बलात्कारमा संलग्नता भएको आशङ्कामा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती रुसी महिला पर्यटकलाई हप्तादिन लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । 

प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । 

ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् । 

हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा छ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ । 

भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर सो कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा