शनिबार, २ भदौ, २०७५ Saturday, 18 August, 2018

स्विमिङ पुलमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

साथीसँगै स्विमिङ पुल पुगेकी १० वर्षीया बालिका शर्मा सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेकी थिइन् । 
फाइल फोटो : स्प्लेस्यास जोन / फेसबुक

बाँके, १ साउन । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित ‘स्प्लेस्यास जोन’को हाताभित्र रहेको ‘स्विमिङ पुल’मा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

‘स्विमिङ पुल’मा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी साथीसँगै स्विमिङ पुल पुगेकी १० वर्षीया बालिका शर्मा सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेकी थिइन् । 

होटलले तत्काल उद्धार गरी कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा पुर्‍याए पनि उपचारको क्रममा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । 

स्विमिङ पुल सञ्चालक ३२ वर्षीय सूर्यदय श्रेष्ठ र २१ वर्षीय विजय शाहीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा