बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

क्रोएसियालाई २० वर्षपछि फ्रान्ससँग हारको बदला लिने अवसर 

 सन् १९९८ को विश्वकपको सेमिफाइनलमा क्रोएसिया फ्रान्ससँग नै पराजित भई तेश्रो स्थान हासिल गरेको थियो ।
फोटो : मिचेल जिम्यान्कर /बिपीआई /रेक्स /शटर्स

एजेन्सी, २८ असार । रुसमा जारी विश्वकपको सेमिफाइनल खेलमा इङल्याण्डलाई हराएपछि क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।

खेलको सुरुमै पाँचौ मिनेटमा गोल गरेको इङल्याण्डले १ घण्टा भन्दा बढी समयसम्म क्रोएसियाविरुद्ध उत्कृष्ट दबाबमा राखेको थियो । तर, खेलको अन्त्यतिर क्रोएसियाले एक गोल गरेपछि बराबरीमा निर्धारित ९० मिनेटपछि समय थप गरिएको थियो ।

उक्त थप गरिएको खेलमा क्रोएसियाले थप एक गोल गरेपछि १–२ गोलले इङल्याण्ड सेमीफाइनलबाट घर फर्किएको छ । इङल्याण्डले विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेरे घर फर्किएको यो चौथोपटक हो ।

यता, पाँचौपटकसम्म विश्वकप खेलेको क्रोएशियाले पहिलोपटक फाइनलको यात्रा तय गरेपछि क्रोएसियाका प्रशंसकहरूले ठूला सहरहरूका गल्ली र चोकहरूमा झण्डा फहराएर खुशीयाली साटेका छन् ।

आगामी असार ३१ गते आइतबार हुने फाइनलमा क्रोएसियाले फ्रान्सको सामना गर्नेछ । सन् १९९८ को विश्वकपको सेमिफाइनलमा क्रोएसिया फ्रान्ससँग नै पराजित भई तेश्रो स्थान हासिल गरेको थियो ।  उक्त विश्वकपको उपाधि फ्रान्सले जितेको थियो । 

२० वर्षपछि सन् १९९८ मा बेहोरेको हारको फ्रान्ससँग बदला लिने अवसर क्रोएसियाले पाएको छ ।

त्यस्तै, आगामी शनिबार हुने तेस्रो र चौथो स्थानका लागि इङ्ग्ल्यान्ड र बेल्जियम आमनेसामने हुनेछन्  ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा