मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

भक्तपुर र थिमि डुबानमा (फोटोफिचर)

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । 
बुधबार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिको राधेराधे र भाटभटेनी सुपर मार्केट क्षेत्रका बस्ती । तस्वीर : नविन पौडेल, रासस

भक्तपुर, २८ असार । गएराति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । 

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।

Nepal floods via sancharkarmiबुधबार रातीदेखी परेको अविरल वर्षाका कारण मध्यपुरथिमिको हनुमन्ते खोलामा आएको बाढीले जलमग्न भएको क्षेत्रमा अलपत्र परेका स्थानीयवासीको उद्धार गर्दै नेपाल प्रहरी । तस्वीर : नविन पौडेल, रासस

यता, मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् । 

Nepal floods - sancharkarmiबुधबार रातीदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोला बढेर आइपछि अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमिको राधेराधेदेखि थिमि चोकसम्मको क्षेत्र । तस्बिर : रत्न श्रेष्ठ, रासस

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए । 

Nepal floods via sancharkarmiबुधबार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिको राधेराधे र भाटभटेनी सुपर मार्केट क्षेत्रका बस्ती । तस्वीर : नविन पौडेल, रासस

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । 

Nepal floods via sancharkarmiबुधबार रातीदेखी परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमिको राधेराधे र भाटभटेनी सुपर मार्केट क्षेत्रका बस्ती । तस्वीर : नविन पौडेल, रासस

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिए । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् । 

Nepal floods - sancharkarmiअविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटका बासिन्दाले सामान सुरक्षित स्थानतर्फ लैजाँदै । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताए । रासस

Nepal floods - sancharkarmiअविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटका बासिन्दाले सामान सुरक्षित स्थानतर्फ लैजाँदै । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस

 

Nepal floods - sancharkarmiअविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमिका बासिन्दाको उद्दार गरी सुरक्षित स्थलतर्फ लैजाँदै । तस्विर : रमेश गिरी, भक्तपुर, रासस

 

Nepal floods - sancharkarmiअविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुर मध्यपुरथिमिका बासिन्दाको उद्दार गरी सुरक्षित स्थलतर्फ लैजाँदै । तस्विर : रमेश गिरी, भक्तपुर, रासस

 

Nepal floods via sancharkarmiबुधबार बेलुकादेखि निरन्तर परिरहेको बर्षाको कारण काभ्रेपलाञ्चोकको पुण्यमाता खोलामा आएको बाढीले बनेपा बजार डुवानमा परेपछि अवरुद्ध भएको अरनिको राजमार्ग । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक, रासस

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा