मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

उपत्यकाका तीनै जिल्लामा दिउँसो टिपर चलाउन नपाइने 

टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि गृहमन्त्रालयले बिहान ५ बजेदेखि राति ८ बजेसम्म टिपर चलाउन प्रतिबन्ध लगाएको हो ।
फाइल फोटो /वेब

काठमाडौं, २७ असार । गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाएको छ । 

टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि बुधबार (आज) गृहमन्त्रालयले उपत्यकामा बिहान ५ बजेदेखि राति ८ बजेसम्म टिपर चलाउन प्रतिबन्ध लगाउने  निर्णय गरेको हो ।

गृहमन्त्रालयले उपत्यकाका तीनै जिल्लाका प्रमुख र महानगरीय ट्राफिक प्रहरी  महाशाखालाई निर्देशन दिइसकेको जनाएको छ ।

महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार गत जेठ महिनामा मात्रै टिपरको ठक्करबाट १९ जनाको मृत्यु भइसकेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा