बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

‘सिण्डिकेट’ फर्काउने कुरा अब सम्भव छैन : गृहमन्त्री थापा

एकाधिकार रहेसम्म देशको विकास र समृद्धि सम्भव नभएको भनाइ
फाइल फोटो /वेब

काठमाडौं, २७ असार। गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा एकाधिकार (सिण्डिकेट) फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन् । 

आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताएका हुन् । 

उनले भने, “अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने र यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी एकाधिकारलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।” 

उनले यातायात क्षेत्र मात्रै नभइ कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा एकाधिकारले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको बताए ।

एकाधिकार रहेसम्म देशको विकास र समृद्धि सम्भव नभएको उनको भनाइ थियो । एकाधिकार हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि उनले अपिल गरे । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा