बिहीबार, ३ श्रावण, २०७५ Thursday, 19 July, 2018

प्रधानमन्त्री ओलीद्वारा विभिन्न विधाका पुरस्कार विभिन्न स्रष्टालाई अर्पण 

यस वर्षदेखि सुरु गरेको रु एक लाखसहित सम्मानपत्र रहेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य र प्रा.डा.मोहनहिमांशु थापालाई अर्पण गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँमा बुधबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्धारा आयोजित कार्यक्रममा महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७४ आख्यान विधामा अभि सुवेदीलाई प्रदान गदै । तस्बिरः प्रदीपराज वन्त, रासस

काठमाडौं, २७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्रष्टालाई बुधबार (आज)  अर्पण गरेका छन् । 

राष्ट्रिय प्रतिभा पुरस्कार - २०७४  पाँच स्रष्टालाई प्रदान

कार्यक्रममा विसं २०७४ को राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई अर्पण गरियो । 

यसरी पुरस्कृत हुनेमा संस्कृति विधामा प्रा.डा.रञ्जना बज्राचार्य (काठमाडौं), संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल (काठमाडौं), ललितकला विधामा ठाकुरप्रसाद मैनाली (काठमाडौं) र भाषा तथा साहित्य विधामा प्रा.डा.केशवप्रसाद उपाध्याय रहेका छन् । 

सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ । 

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार- २०७४ पाँच जना स्रष्टालाई

कार्यक्रममा विसं २०७४ को महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरियो । 

यसरी पुरस्कृत हुनेमा कविता विधामा कञ्चन पुडासैनी(काठमाडौं), निबन्ध विधामा तेजराज खतिवडा (झापा), बाल साहित्य विनय कसजु (पाल्पा), भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी (तेह्रथुम) छन् । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ । 

प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित

कार्यक्रममा विभिन्न चार विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित गरिएको छ । 

यो पुरस्कार पाउनेमा सस्कृति विधातर्फ प्रदेश १ बाट प्रा.डा.गोविन्दमान सिंह कार्की (भोजपुर), प्रदेश नं २ बाट डा.पशुपतिनाथ झा (महोत्तरी), प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई (काभ्रेपलाञ्चोक), प्रदेश ४ बाट डा.दीनबहादुर थापा (बाग्लुङ), प्रदेश ५ बाट प्रतिभा पुन ( रुपन्देही), प्रदेश ६ बाट रमानन्द आचार्य (जुम्ला) र प्रदेश ७ बाट मणिराज जोशी (कैलाली) रहेका छन् । 

यसैगरी, संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली (झापा), प्रदेश २ बाट प्रियका झा (धनुषा), प्रदेश ३ बाट सुनिता दुलाल (भक्तपुर), प्रदेश ४ बाट इतु जोजिजु (कास्की), प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड रहेका छन् । 

त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी (मोरङ), प्रदेश २ बाट सीतादेवी कर्ण (धनुषा), प्रदेश ३ बाट सौरगंगादर्शनधारी (काठमाडौं), प्रदेश ४ बाट सुनील सिग्देल (कास्की), प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी (गुल्मी) प्रदेश ६ बाट झिग्मे तामाङ (मुगु) र प्रदेश ७ बाट दीपक आउजी (कैलाली) छन् ।

यसैगरी, भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल (सुनसरी), प्रदेश २ बाट विनिता ठाकुर (धनुषा), प्रदेश ३ बाट नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), प्रदेश ४ बाट महेश्वर शर्मा (स्याङ्जा), प्रदेश ५ डा दुवीन्द ढकाल (गुल्मी), प्रदेश ६ बाट बलभद्र भारती (सुर्खेत) र प्रदेश ७ बाट चन्द्रदेव जोशी (दार्चुला) रहेका छन् ।
 
उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ । 

विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण 

मन्त्रालयले यस वर्षदेखि सुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य (सुनसरी) र प्रा.डा.मोहनहिमांशु थापा (काठमाडौं)लाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ । 

त्यसैगरी, कार्यक्रममा भगत सर्व्जित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा (इलाम), समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा(काठमाडौं) र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन(काठमाडौं) लाई अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा