मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

विश्वविजेता इङल्याण्ड र क्रोएसिया आमनेसामने, कसले मार्ला बाजी ?

सन् १९६६  मा विश्वविजेता बनेको इङल्याण्डले सन् २००४ मा भएको युरोकपमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।
फोटो : रोयर्टस / जेरेमी सेल्वाइन/ इभिनिङ्ग स्टुयाण्र्डट

काठमाडौं, २७ असार । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङल्याण्ड लुझ्हिन्की स्टेडियममा आमनेसामने हुँदैछन् । 

रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ बुधबार (आज) राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ । 

क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरिसकेको छ भने इङल्याण्डले स्विडेनलाई २–० ले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । 

सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रोपटक सेमिफाइनल खेल्दैछ । 

सन् १९९० पछि तेस्रोपटक सेमिफाइनल खेल्न लागेको इङल्याण्ड सन् १९६६  मा तत्कालिन पश्चिम जर्मनीलाई हराई विश्वविजेता बनेको थियो । इङल्याण्डको यो तेस्रो सेमिफाइनल खेल हो । 

अहिले विश्वकपमा क्रोएसिया र इङल्याण्ड पहिलोपटक भिड्न लागेका हुन् । यसअघि सन् २००४ को भएको युरोकपमा इङल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । 

यी दुई टोलीले अहिलेसम्म सात खेल खेलेकामा इङल्याण्डले ४ खेल जितेको छ भने क्रोएसियाले दुई खेल जितेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । यी दुई टोली क्रोएसिया र इङल्याण्डका विजेताले फाइलनमा फ्रान्ससँग सामना गर्नेछन् । रासस

इङल्याण्ड र क्रोएसियाबीच हुने खेलमा अनुमान गर्नुहोस्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा