शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

४९ किलोमिटर 'जुम्ला–रारा अल्ट्रा म्याराथुन-२०१८’ सुरु

प्रतियोगितामा झापा, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक, काठमाडौं धादिङ, कास्की, स्याञ्जा गरी १४ जिल्लाका खेलाडीले भाग लिएका छन् ।
फोटो : कर्णाली स्पोर्ट्स क्लब

सुर्खेत, २७ असार । कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ सुरु भएको छ । 

राष्टिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ को बुधबार (आज) बिहान उद्घाटन गरे । 

सो खेलमा ३२० जना खेलाडीले भाग लिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

४९ किलोमिटरको उक्त प्रतियोगितामा पूर्वमा झापा, धनकुटा, भोजपुर, मध्यमाञ्चलमा सिन्धुपाल्चोक, काठमाडौं धादिङ, पश्चिमाञ्चलमा कास्की, स्याञ्जा मध्य तथा सुदूरपश्चिम गरी १४ जिल्लाका खेलाडीले भाग लिएको उनले बताए ।
 
म्याराथुनका प्रतिस्पर्धीले जुम्लादेखि रारा पुग्न दुई हजार ३२४ देखि तीन हजार ६०० मिटरसम्मको उचाइ पार गर्नुपर्नेछ । ट्रेल रेसका खेलाडीको अधिकतम सहभागिता रहेको आयोजक क्लबले जनाएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा