बिहीबार, ३ श्रावण, २०७५ Thursday, 19 July, 2018

ल्याटिन अमेरिकी देशको दुर्भाग्य, युरोपको पोल्टामा पाँचौ मौका

जारी विश्वकप फूटबलमा चार ओटै यूरोपियन देशले सेमीफाइनलमा आफ्नो ठाउँ सुरक्षित गरेपछि युरोपको पोल्टामा विश्वकप ट्रफि पुग्ने पाँचौ मौका बनेको छ । 
सांकेतिक फाइल फोटो/वेब

एजेन्सी, २६ असार । फिफा विश्वकपका ८८ वर्षको इतिहासलाई हेर्ने हो भने हरेक पटकको प्रतियोगितामा ल्याटिन अमेरिकी र यूरोपियन टिमबिच विश्वविजेता बन्ने लडाईं चलेको थियो ।

तर, पछिल्लोपटक विश्व फुटबलमा यूरोपियन देशले आफ्नो बर्चश्वको छाप छोडेकोले  ल्याटिन अमेरिकी देशको कलात्मक र आक्रमक फुटबल शैलीलाई नेपथ्यमा पारिदिएको छ ।  जारी विश्वकप फूटबलमा चार ओटै यूरोपियन देशले सेमीफाइनलमा आफ्नो ठाउँ सुरक्षित गरेपछि युरोपको पोल्टामा विश्वकप ट्रफि पुग्ने पाँचौ मौका बनेको छ । 

विश्वकपमा प्राय ल्याटिन अमेरिकी देशको साथ दोहोरीने दुर्भाग्य यसपाली पनि दोहोरिएको छ । ल्याटिन अमेरिकी देशको फूटबल कमान समाल्ने ब्राजिल, अर्जेन्टिना र उरुग्वेको हातमा रहेको थियो । यि तिनै टिम विश्वकपमा बिजेता र सेमिफाइनालिस्ट रहेका थिए ।

यद्यपि, यसपालीको विश्वकपमा लियोनल मेस्सी, नेइमार र लुइस सुआरेज मैदानमा उत्रीँदा सबैलाई यहि लागेको थियो कि जारी विश्वकपमा यि खेलाडीले आफ्ना देशका लागि अमीट छाप छोडने छन् । तर, यो एक भ्रममात्र हुन पुग्यो ।

सन् २००२ मा ब्राजिल पाँचौपटक विश्व विजेता बनेपछि त्यसयता कुनैपनि ल्याटिन अमेरिकी देशले विश्वकपको ट्रफि हात पार्न सकेका छैनन् । 

जारी बिश्वकप यूरोपियन देशको लागि खास

फिफा विश्वकपमा ल्याटिन अमेरिकी मुलुक ब्राजिल र अर्जेन्टिनाको दबदबा सन् १९८६ देखी २००२ सम्म रह्यो । १६ वर्षसम्म यो दुई वटा देश विश्वकपको फाइनलसम्म रहिरहे । यस समयको विश्वकपमा ब्राजिल र अर्जेन्टिनाले तिन टाइटल जिते ।

यूरोपियन देशलाई पहिलोपटक मौका मिलेको छ कि विश्वकपको इतिहासमा यूरोपियन देश लगातार चौथोपटक विश्व विजेता बन्ने दौडमा छ । सन् २००६, २०१० र २०१४ मा यूरोपियन देशले विश्व विजेता बने । र, यस पटक पनि यूरोपियन देशमै विश्वकपको ट्रफि जानेछ ।

आज फ्रान्स र बेल्जियम भिड्दै 

आज (मंगलबार) बाट सुरु हुने २१ औँ विश्वकपको सेमिफाइनल खेलका लागि चारै ओटा यूरोपियन टोलि टिम तयार भएका छन् । 
पहिलो सेमिफाइनल खेल फ्रान्स र बेल्जियमबीच सेन्ट पिटर्सबर्ग स्टेडियममा नेपाली समयअनुसार पौने १२ बजे सुरु हुँदैछ । सन् १९९८ मा ब्राजिललाई घरेलु मैदानमै हराई विश्वविजेता बनेको फ्रान्स र बेल्जियमबिचको आजको खेल रोमान्चक हुनेछ ।

क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गरेर सेमी फाइनलको यात्रा सुरइिात गरेको थियो । त्यस्तै, बेल्जियमले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो ।

फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् । 

भोलि क्रोएसिया र इङल्याण्ड भिड्दै

दोस्रो सेमिफाइनल खेल क्राएसिया र इङल्याण्डबिच लुझ्हिन्की स्टेडियममा बुधबार (भोलि) राति पौने १२ बजे सुरु हुनेछ । सन् १९६६ मा तत्कालिन पश्चिम जर्मनीलाई हराई विश्वविजेता बनेको बेलायत र क्रोएसियाबिचको खेल पनि रोमान्चक हुनेछ ।

क्वार्टरफाइनल खेलमा बेलायतले स्वीडेनलाई २–० हराएको थियो भने क्रोएसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

जारी विश्वकपमा बेलायत २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।

एजेन्सीको सहयोगमा
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा