बिहीबार, ३ श्रावण, २०७५ Thursday, 19 July, 2018

‘ब्रेक्जिट’ मन्त्रीले दिए राजीनामा

थेरेसा मेको मन्त्रिपरिषद्मा रहेका डेभिसले राजीनामा दिएपछि ब्रेक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान
फाइल फोटो : म्याट डुनह्याम /एपी

लण्डन, २५ असार । युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका बेलायतका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषद्मा रहेका डेभिसले राजीनामा दिएपछि ब्रेक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान गरिएको छ । 

इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उनको राजीनामा आएको छ । यसबाट पर्ने प्रभावका बारेमा यहाँ विचार विमर्श सुरु भएको छ । 

कतिपय विश्लेषकहरुले डेभिसको राजीनामाबाट प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठार्‍यारोमा पर्न सक्ने पनि जनाएका छन् । 

इयुसँग वार्तागर्ने कार्यलाई नै प्रमुख जिम्मेवारी दिएर डेभिस ब्रेक्जिट मन्त्रीको रुपमा सन् २०१६ मा नियुक्त भएका थिए । तर, ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने डेभिसको राजिनामाको स्वागत गरेका छन् । 

यस विषयमा बेलायतमा भद्रगोलको अवस्था रहेको र थेरेसा मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताएका छन् ।

ब्रेक्जिट वार्ताहरुको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिएकी अडानहरुबारेमा उनको मतभेद पनि भएको बताइएको थियो । 

सोही कारण पनि मन्त्री डेभिसले यसअघि नै पनि धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए । उनले राजिनामा दिए पनि सरकारभित्र भने उनको असन्तुष्टि नरहेको बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा