शुक्रबार, ३० कार्तिक, २०७५ Friday, 16 November, 2018

टर्कीमा रेल दुर्घटना, २४ जनाको मृत्यु, सयौँ घाइते

यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा अन्य रेलमा रहेका सयौँ यात्रु घाइते भएका छन् ।
फोटो : एनाडोलु /अल जजीरा

इस्तानबुल, २५ असार । उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान एक यात्रुवाहक रेल दुर्घटना हुदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ । 

यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा अन्य रेलमा रहेका सयौँ यात्रु घाइते भएका छन् । भारी वर्षाको कारण दुर्घटना भएको अनुमान गरिएको छ । 

सो रेलमा ३६० भन्दा बढी यात्रु सवार रहेका बताइएको छ । सो रेल आइतबार इस्तानबुलको हालकाली स्टेसनबाट ग्रीस र बुल्ग्रेरीयाको सीमा नजिकको एदिरर्ने क्षेत्रमा यात्रा गरिरहेको अवःथामा दुर्घटनाग्रस्त भएको थियो । 

प्रारम्भिक समाचारमा यस दुर्घटनामा परी १० को मृत्यु भएको बताइएको थियो भने पछि सो संख्या बढेर २४ पुगेको उपप्रधानमन्त्री रेसेप आक्दाङ्ले पुष्टि गरेका छन् ।

टर्कीका सञ्चारमाध्यमले यहाँका स्वास्थ्यमन्त्री अहमत देमिक्र्यानलाई उद्धृत गर्दै यस दुर्घटनामा घाइते भएका ३३८ व्यक्तिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताएका छन् । 

भारी वर्षाको कारण चिप्लिएर रेलका डिब्बाहरु पटरीबाट बाहिर खस्न पुगेकोले यो दुर्घटना भएको यातायात मन्त्रालयले जानकारी दिएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा