शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

महिलाको विषयलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने

सांकेतिक फाइल फोटो/वेब

काठमाडौं, २४ असार । लैङ्गिकतासम्बन्धी समाचार प्रकाशन-प्रसारण गर्दा संवेदनशील हुनुपर्ने धारणा सरोकार भएकाहरुले व्यक्त गरेका छन् । 

राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित ‘सञ्चार माध्यमबाट हुने प्रकाशन तथा प्रसारणमा लैङ्गिक संवेदनशीलता’ विषय अन्तक्र्रियामा वक्ताहरुले संवेदनशीलता नअपनाउँदा पीडितलाई थप समस्या हुने बताए । साथै उनीहरुले जिम्मेवारीपूर्ण ढङ्गबाट समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह पनि गरे । 

महिला आयोगका सचिव अनिलकुमार ठाकुरले उत्पीडनमा पारिएका महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्न आमसञ्चारमाध्यमसँग अपिल गरे । 

सचिव ठाकुरले २०७४ मंसिर २४ गतेदेखि आयोगले सुरु गरेको हेल्प लाइन सेवामा अहिलेसम्म करीब चार हजार लैङ्गिक हिंसासम्बन्धी सूचना आएको समेत जानकारी दिए । 

पत्रकार विष्णुकुमार प्रसाईंले सुरुदेखि नै महिला आयोग निष्क्रिय जस्तै भएको भन्दै आगामी दिन सक्रियता बढाउन आयोगलाई सुझाव दिए । रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा