मंगलबार, २५ मङ्सिर, २०७५ Tuesday, 11 December, 2018

उदिमको गजलसंग्रह ‘अर्को चोमोलुङमा’ लोर्कापण

साहित्यकार रुपक वनवासी, खुक्सङ खम्बु, रावत राई, मण्डल साम्पाङ र उनका आमा राममाया राईले सयुंक्त रुपमा गजलसंग्रहको लोर्कापण गरेका हुन् । 
फोटो : सञ्चारकर्मी

काठमाडौं, २३ असार । युवा साहित्यकारका रुपमा चिनिएका उदिम किरातीको ‘अर्को चोमोलुङमा’ गजलसंग्रह लोर्कापण भएको छ ।

ललितपुरमा शनिबार आयोजित समारोहमा युवा साहित्यकार किरातीद्वारा लिखित गजलसंग्रह “अर्को चोमोलुङमा” लोर्कापण गरिएको हो ।

साहित्यकार रुपक वनवासी, खुक्सङ खम्बु, रावत, मण्डल साम्पाङ र उनका आमा राममाया राईले सयुंक्त रुपमा गजलसंग्रहको लोर्कापण गरेका हुन् । 

कार्यक्रममा मनिषा राई, साङकेन वान्तवा, प्रयास दुमि राई, शान्ती सिन्चाली इनुमा इनुलगायतले साहित्यकार किरातीको गजल वाचन गरेका थिए । 

किरातीको गजलसंग्रहमा देश प्रेम, दुःख–सुख, पीडा–रोदन, माया–मोहलगायतका विभिन्न शिर्षकमा आफैले देखे भोगेका समाजको यर्थातता प्रस्तुत गरिएको छ ।

अलग आर्ट हबले प्रकाशन  गरेको किरातीद्वार लिखित ९५ पृष्ठको गजलसंग्रहको मूल्य १५० रुपैयाँ राखिएको छ । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा