बिहीबार, ३ श्रावण, २०७५ Thursday, 19 July, 2018

राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी मंसिर तेस्रो सातादेखि नेपालगञ्जमा आयोजना हुने 
फाइल फोटो /वेब

नेपालगञ्ज, २३ असार । नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । 

नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । 

त्यसैक्रममा अहिले नेपालगञ्ज रंगशालाःिथत कबर्ड हलको ःतरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ, भने फ्लोरिङ गर्ने काम सुरु गरिएको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।

त्यसैगरी, रंगशालामा झण्डै रु १८ करोडको लागतमा पौडी पोखरी र रु २४ करोडको लागतमा प्याराफिटसहितको अत्याधुनिक रंगशाला निर्माण भइरहेको छ । 

क्षेत्रीय अध्यक्ष ओलीका अनुसार, पूर्वाधार निर्माण अन्तर्गत रंगशालामा रु सात करोडको लागतमा ‘ट्र्याक एण्ड फिल’ निर्माणको काम पनि धमाधम भइरहेको छ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी मंसिर तेस्रो सातादेखि नेपालगञ्जमा आयोजना हुने बताइएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा