आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

पूर्वी चितवनमा केरा फाँड्ने युवक कारागार चलान

'अझै उक्त मुद्दामा फरार रहेको एकजनाको खोजी जारी रहेको छ ।'
फाइल फोटो : रासस

चितवन, २३ असार । पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । 

सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो ।

जिल्ला अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । 

डल्लाकोटीसहितको एक समूहले गत वैशाख १७ गते त्यहाँका किसानको बगानमै पसेर केरा फँडानी गर्दा तीन हजार ९४ बोट केरा काटेको पाइएको थियो । उनीहरुले १२ किसानको रु १५ लाखभन्दा बढीको केरा फाँडेर नष्ट गरेका थिए । 

सोही मुद्दामा यसअघि पक्राउ परेका अन्य पाँच जनालाई पनि अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसक्दा कारागार चलान भएको आचार्यले बताए । अझै उक्त मुद्दामा एक जना फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा