शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

आफ्ना दुई सन्तानको हत्या गरी आत्महत्या !

ती किशोर किशोरीकी ३६ वर्षीया आमा भने दुई वर्ष पहिलादेखि नै अलग्गै बस्ने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ । 
प्रतिनिधिमुलक फोटो | वेब

सिड्नी, २२ असार । अष्ट्रेलियाको एक ठूलो शहर सिड्नीमा एक पिताले आफ्ना किशोर अवस्थाका दुई छोरा छोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् । 

प्रहरीले शुक्रबार सो जानकारी दिएको छ । सिड्नी शहरमा यो हत्याकाण्ड अर्का एकजनाले आफ्नी श्रीमती, छोरी र छोरीका तीन सन्तानको हत्या गरेको दुई महिनापछि भएको प्रहरीले थप जानकारी दिएको छ । 

सिडनीमा अवस्थित एक घरमा छिमेकीले गत बिहीबार गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । 

त्यसपछि प्रहरी घटनास्थलमा पुग्दा त्यहाँ एक १५ वर्षीय किशोर १३ बर्षीया किशोरीको शव फेला परेको थियो । 

ती किशोरकिशोरका पिता जोन इदबर्डस् नामक ती व्यक्तिको शव भने शुक्रबार घटनास्थलदेखि नजिकै फेला परेको थियो । 

इदबर्डस्को शव फेला परेको स्थानमा दुई वटा शक्तिशाली बन्दुकसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीकाअनुसार ती पिताको आफ्ना छोरा छोरीलाई मार्ने आफूले पनि आत्महत्या गर्ने योजना नै रहेको थियो । उनले ‘लाइसेन्स’ प्राप्त बन्दुक प्रयोग गरेका थिए । 

ती किशोर किशोरीकी ३६ वर्षीया आमा भने दुई वर्ष पहिलादेखि नै अलग्गै बस्ने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ । 

जसका कारण उनका पति निकै तनावमा रहेका र यो नै किशोर किशोरीको हत्याको कारण भएको हुनसक्ने अनुमान प्रहरीले गरेको समाचारमा जनाइएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा