मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

उदिमको ‘अर्को चोमोलुङ्मा’, रिब्जुङले सिकाएको साहित्य

साहित्यमार्फत समाज बदल्ने अठोट लिएका युवा साहित्यकार उदिम किराँतीलाई उत्तरी खोटाङको चिसो रिब्जुङ गाँउले साहित्यकार बनायो ।
फोटो: सन्चारकर्मी

काठमाडौं, २१ असार । कलिलै उमेरमा तेस्रो पुस्ताको साहित्यकारका रुपमा चिनिएका उदिम किरातीको “अर्को चोमोलुङमा” गजलसंग्रहको विमोचन कार्यक्रम शनिवार (भोलि) हुनेभएको छ । 

देश प्रेम, दुःख–सुख, पीडा–रोदन, माया–मोहलगायतका विभिन्न ६५ वटा शिर्षकमा आफैले देखे भोगेको समाजको यर्थातता प्रस्तुत गजलसंग्रहको विमोचन कार्यक्रम शनिवार (भोलि) हुनेभएको हो । 

पछिल्लो समय नेपाली साहित्यमा युवाको मोह बढ्दै गएको अवस्थामा उत्तरी खोटाङको रिब्जुङ (रिब्दुङ) महेश्वरीका उदयमान युवासाहित्यकार उदिम किराती पनि एक हुन् । नेपाली साहित्यप्रति पहिलो पुस्ताले देखाएको मोह दोस्रो पुस्तापछि तेस्रो पुस्तामा झन् बढी देखिएको छ ।

 

बुबा लकबहादुर राई आमा राममाया राईको कोखबाट वि.स.२०४५ पुस ११ गते काठमाडौंमा जन्मिएका किराती भन्छन्, ‘ म काठमाडौंमा जन्मिएपनि साहित्यकारको रुपमा मलाई खोटाङकै रिब्जुङले जन्माएको हो ।’

आफ्नो जन्मपछि कर्म भुमि खोटाङको रिब्जुङ वरपरका भिर–पाखा, रहनसहन, समाज, भाषा, कला–संस्कृतिले जीवनका, सुख–दुःख, माटोको माया र संस्कार सिकाएको भन्छन् उनी ।

गजलको एक अंश,

जिन्दगीमा आधा घाम आधा पानी के को लागि
तिमीले नै नबुझे यो कहानी के को लागि ?


नआत्तिनु कहिले पनि परे भन्दै दुःखमा
सहनै नसके चोट, जिन्दगानी के को लागि ?


हाँस्नु, बोल्नु मात्र त छँदै छ जिन्दगीमा
पर्दा कामै नलागे चिनाजानी के को लागि ?


झरी जान्छ दुई–चार तारा उज्यालोको निशानी
छोडी गएको रातले, यो बिहानी के को लागि ?


साहित्य नै आफ्नो जिवनको अभिन्न पाटो हो भन्ने किराती सानै उमेरदेखि कलम चलाउदै आएको छन् । आफ्नो उर्जाशिल शक्तिलाई साहित्यमार्फत समाज र देशलाई परीवर्तन गर्ने उद्धेश्य बोकेको छु भन्छन् उनी ।

 

गजलको एक अंश,

यो जमिन मेरो पनि हुनुपर्छ
यसमा अधिन मेरो पनि हुनुपर्छ ।

आँखा उही हो मान्छे उही हो
सपना रङ्गीन मेरो पनि हुनुपर्छ ।

देश मेरो पनि हो, म पनि नागरिक हु
देशमा स्वाधिन मेरो पनि हुनुपर्छ ।

श्वास रहेसम्म यही देशमा हुनेछु
खोजी एकदिन मेरो पनि हुनुपर्छ ।

द्द,सुनौलो यो बिहानी लिलाम हुनसक्छ
सुनाई हाल कहानी लिलाम हुनसक्छ ।

फ्याँकेर हिँड्ने नगर, जताततै मुस्कान
कुनै दिन त्यो जवानी लिलाम हुनसक्छ ।

छिमेकीले गौतम बुद्ध मेरो भन्दैछ हेर
गण्डकी र कर्णाली लिलाम हुनसक्छ ।

जेजे हेर्नुछ हेरिहाल, भोलिको भर छैन
यी आँखाको नानी लिलाम हुनसक्छ ।

यस्तो एक नारी हुन् मेरी आमा
ईश्वरको हाराहारी हुन् मेरो आमा ।


हरेस खाँदैनन् उनी दुःखसँग
सङ्घर्षको आभारी हुन् मेरी आमा ।


सही बाटो, सही यात्रामा हिँडाउने
यस्तो एउटा सवारी हुन् मेरी आमा ।


सेवा नै धर्म हो, भनिरहन्छिन् सधैँ
मानवताको पुजारी हुन् मेरी आमा ।


चाहन्छिन् उनी युग बदल्न एकदिन
बुझ्नुहोस्, क्रान्तिकारी हुन् मेरी आमा ।

 


त्यसो त उनले फुटकर कवितालाई नेपाली भाषामा आधुनिक शैलीमा लेख्ने किराती आफ्नै मातृभाषामा पनि साहित्यलाई अगाडी बढाएका छन् । उनले अहिलेसम्म नेपाली र थुलुङ राई भाषामा लेखिएको ६ वछा गित रेर्कड भैसकेका छन् ।

 

थुलुङ राई भाषा गितको एक अंश


ङिमारा ओ ढक्सा झार्स्तम लाउतो
देलरा बेबे न्योपा बुमि रे
ख्वाक्चिलिम नुङ म्वारेबुङ आथाने ङामे दिम्ची ए
ए नोक्छो खारा ए देवा माता
हेरे दिस्ता हामरे बोमु
अएएए... आमा ङिमा हेङा फाल्स्ता ?

 

उनी विभिन्न पत्रपत्रिकामा फुटकर कविता पनि लेख्छन् । अहिले उनी ‘अलग अभियान’ नामक संस्थामार्फत साहित्य र संगितलाई एकैसाथ अघि लैजाउँ भन्ने अभियानमा जुटेका छन् । 

प्राप्त प्रतिकृयाहरू
lokendra rai लेख्नुहुन्छ २०७५ असार २२ शुक्रबार ६:०६ pm

mitra udIm lai saphaltako shubhakamana

होम लेख्नुहुन्छ २०७५ असार २२ शुक्रबार ५:२३ pm

मलाई गर्व लाक्छ मेरो संगैको साथी संगै एकै ठाउमा एउटै चुला चौका र भाडामा पकायर खादै संगै रमाउदैको समयलाई पछाडि फर्केर हेर्दा माईला खुसित तेतिकै पनि लाक्छ र हुन्छु पनी तर त्यो भन्दा अझ धेरै खुसित आाज यो समयमा भयको छु त्यसैले अझै ई तिम्रो साहित्यको कलम हरु निरन्तर चली रहोस् अझै यस्तै यस्तै गजल हरु हामी पनि पढ्न पाईरहु यहिछ माईला लाई मेरो भित्री आत्मा देखिनै शुभ कामना ल।

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा