शुक्रबार, ३० कार्तिक, २०७५ Friday, 16 November, 2018

जसुदा स्मृति पुरस्कार थुलुङलाई

साहित्यकार थुलुङले विशेष गरेर नाटक निर्देशन र कथा लेखनमा जोड दिने गरेका छन् ।
फाईल फोटो: अन्वेष राई थुलुङ / फेसवुक

मंगलबारे, इलाम, २२ असार । यस वर्षदेखि प्रदान गर्न लागिएको ‘जसुदा प्रतिभा पुरस्कार’ इलामका युवा साहित्यकार अन्वेष राई थुलुङलाई प्रदान गरिने भएको छ । 

भानु प्रतिभा संरक्षण तथा साहित्य सम्वद्र्धन समितिले वितरण गर्ने सो पुरस्कार थुलुङलाई प्रदान गर्ने निर्णय गरेको हो । नवोदित प्रतिभाका रचनाको मूल्यांकनका क्रममा रचनाको मौलिकता, शिल्प र प्रयोगका आधारमा सो पुरस्कार थुलुङलाई वितरण गर्ने निर्णय भएको सम्वद्र्धन समितिका अध्यक्ष विमल वैद्यले बताए । 

पुरस्कारको राशि रु १० हजार १०१ रहेको छ । पुरस्कार भानु जयन्तीको अवसर पारेर वितरण गरिनेछ । साहित्यकार थुलुङले विशेष गरेर नाटक निर्देशन र कथा लेखनमा जोड दिने गरेका छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा