शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

१९ वर्षीया युवतीलाई शिशु हत्या अभियोगमा जन्मकैद

अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोग
प्रतिनिधिमुलक फोटो | वेब

जाजरकोट, २२ असार  । अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ ।

नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको हो ।

शिव व्यावसायिक मावि, कालेगाउँमा कृषि विषयको जेटिए अध्ययन गर्नका लागि भेरी नगरपालिका–१ रावतगाउँमा उनी बस्दै आएकी थिइन् । प्रहरीका अनुसार डेरामा बस्ने क्रममा अवैधरुपमा गर्भवती भएकी उनले गत वैशाख २६ गते बच्चा जन्माएकी थिइन् । पुनले उक्त बच्चाको हत्या गरेर प्लाष्टिकको थैलोमा पोको पारेर भेरी नदीमा फालिदिएकी थिइन् ।

घटनालगत्तै सवितालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान थालिएको थियो । जिल्ला अदालतको फैसलापछि उनलाई कारागार चलान गरिएको जिल्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा