शुक्रबार, ३० कार्तिक, २०७५ Friday, 16 November, 2018

रुख विरुवाले यसरी गर्छन् कुरा (भिडियो)

‘हाडेओखर’ प्रजातिका रुखले चैँ आफ्ना  प्रतिस्पर्धिलाई घात गर्न विषालु रसायन प्रसार गरीदिन्छन् ।
फोटो : वीवीसी/यूट्युब

वीवीसी । एकान्तवासी देखिने रुखहरु पनि मानिसहरुले जस्तै गोप्य रुपमा एकआपसमा कुराकानी,  विनिमय र युद्ध गरिरहेका हुन्छन भन्दा कसैले विश्वास नगर्न सक्छन् । तर, भुइँमुनिको संसारले भिन्न संकेत गर्छ । 

रुख विरुवाहरुले मानिसहरुले जस्तै गोप्य रुपमा एकआपसमा कुराकानी,  विनिमय र युद्ध गर्न आफना जरा वरिपरी र भित्र उमिने ढुसीको सञ्जाल प्रयोग गर्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

ढुसीले रुखलाई पोष तत्व उपलब्ध गराउँछ । त्यसको साटो रुखबाट चिनीपदार्थ लिन्छ । तर यो सम्बन्ध सोचिएभन्दा धेरै गहिरो रहेको वैज्ञानिकहरुले पत्ता लगाएको वीवीसीले उल्लेख गरेको छ ।

रुखहरुले ढुसीको सञ्जाल पयोग गरेर स्रोत बाँड्न सक्छन । रुखहरुलाई एकापसमा संचार गर्न सघाउने यो भुमिगत संचारको अर्न्तसञ्जाल मानिन्छ । माउ मानिने पाका रुखहरुले ओझेलमा रहेका स–साना बेर्नालाई चिनी पदार्थ उपलब्ध गराएर तिनको बाँच्ने सम्भावना बढाइदिन ढुसीको सञ्जाल प्रयोग गर्छन भन्ने मान्यता वैज्ञानिकहरुको छ ।

वैज्ञानिकहरुले यो पनि भनेका छन्, ‘बिरामी र मर्न लागेका बनस्पतिले आफूसँग भएको स्रोत ढुसीको सञ्जालमा परित्याग गर्न सक्छन । त्यो स्रोत अरु स्वस्थ रुखबाट प्रयोग हुनसक्छ । वनस्पतिहरुले पनि ढुसीको पयोग गर्छन ।’

आफूँमाथि आक्रमण हुँदा ति रुख विरुवाले रासायनिक संकेत निष्काशन गरि आफ्ना छिमेकीहरुलाई प्रतिरक्षात्मक हुन चेतावनी दिने गर्दछन् । तर, मानिसले प्रयोग गर्ने इन्टरनेटमा जस्तो यो संचारको सञ्जालमा पनि केही कमजोरीहरु छन् ।

वीवीसीका अनुसार मानिसले प्रयोग गर्ने इन्टरनेटलाई ह्याक गरेझैँ पाराश्रित रहेका केही अर्किडहरुले पुरै प्रणाली ह्याक गरेर नजिकैका रुखबाट खनिज पदार्थ चोर्न सक्छन् । तर, ‘हाडेओखर’ प्रजातिका रुखले चैँ आफ्ना  प्रतिस्पर्धिलाई घात गर्न विषालु रसायन प्रसार गरीदिन्छन् ।

जीवहरुको अन्तर्सम्बन्ध देखिएभन्दा धेरै हुन्छ भन्ने सन्देह धेरै अघिदेखी नै वैज्ञानिकहरुमा थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा