बिहीबार, ३ श्रावण, २०७५ Thursday, 19 July, 2018

बालकथा ‘जुँगेझाँक्रीको भूत’ विमोचन

पत्रकार तथा व्यंग विधामा कलम चलाउन रुचाउने साहित्यकार केशब दुवाडीद्वारा लिखित ‘जुँगे झाँक्रीको भूत’ नामक बालकथा संग्रहको मंगलबार धादिङमा विमोचन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे । तस्वीर : सीताराम अधिकार

धादिङ, १३  असार । पत्रकार तथा ब्यंग विधामा कलम चलाउन रुचाउने साहित्यकार केशव दुवाडीद्वारा लिखित ‘जुँगेझाँक्रीको भूत’ नामक बालकथा संग्रहको मंगलबार यहाँ आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले कथाको विमोचन गर्दै बालबालिकालाई कथाको माध्यमबाट नैतिक कुरा सिकाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
बालबालिकालाई नैतिक शिक्षा दिने तथा मेलमिलाप, सामाजिक उत्तरदायित्वसँग सम्बन्धित नौवटा कथा संग्रहमा समेटिएको छ । 

प्रकाशित बालकथा संग्रहले बालबालिकामा सामाजिक उत्तरदायित्व जगाउने र कक्षा पाँचदेखि आठसम्मका विद्यार्थीका लागि पुस्तक अति उपयोगी हुने साहित्यकार भद्री दाहालले टिप्पणी गरेका थिए । ४४ पेजमा समेटिएको पुस्तकका हरेक कथाले नीतिगत र शुत्रगत सन्देश दिनेछन् ।  रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा