शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

हजूरबालाई मिस गर्ने रणबीर भन्छन्–सन्जुको जस्तै छ बाबु–छोराको सम्बन्ध

रणबीरलाई लाग्छ कि ऊ सानो शहर र ग्रामीण भारतमा लोकप्रिय छैनन्, तर सन्जु फिल्मपछि ऊ मेट्रो सिटीको सिमा तोड्न सफल रहन्छन् । 
फाइल फोटो /वेब

काठमाडौं, ११ असार । अभिनेता संजय दत्तको जीवनमा आधारित हिन्दि बायोपिक फिल्म 'सन्जु'मा अभिनय गरेका नायक रणबीर कपुरले आफ्ना हजूरबुबा राज कपुरको जीवनमा आधारित फिल्म बन्नुपर्ने बताएका छन् ।

'बीबीसी'मा दिएको एक अर्न्तवार्तामा अभिनेता रणबीरले उक्त कुरा बताएका हुन् ।

‘राज कपुरको जीवनमा पनि धेरै कुराहरु छन् जुन फिल्म बन्न लायक छ । त्यसैले उनको जीवनमा आधारित फिल्म बन्नुपर्छ’ अर्न्तवार्तामा उनले भनेका छन्, ‘राज कपुरको जीवनमा यति धेरै कुराहरु छन्, जसको केहि हिस्सामात्रै फिल्म बने उनको परिवारलाई मन नपर्न पनि सक्छ ।’

अभिनेता रणबीरका अनुसार कसैको जीवनमा आधारित फिल्म प्रचारबाजीको लागि हुनु हुँदैन् । ‘इमान्दारपूर्वक यस्ता फिल्मको निर्माण हुनुपर्दछ,’ उनी भन्छन् । 

कोहि व्यक्तिको कहानी बताउँदा भगवान झैँ पेश गर्न नहुने बताउँदै उनले राज कपुरको जीवनमा आधारित फिल्म पनि जस्ताको तस्तै बनाइनुपर्ने तर, यसको लागि परिवारको अनुमती लिनुपर्ने उनको भनाई थियो ।

बलिउडमा सफल मानिएका रणबीर आफ्नो हजुरबुवा राज कपुरलाइ धेरै सम्झने बताउँछन् । रणबीर भन्छन्, ‘हजूरबुवालाई मिस गरिरहन्छु, आजको दिनसम्म उनी जिवीत भइदिएको भए फिल्म बनाउन आग्रह गर्थेँ ।’ आफ्नो क्यारेक्टरमा विविधतालाई जोड दिने रणबीर भन्छन्,  ‘राम्रो केटाको सकारात्मक भूमिका निभाएर थाकिसकेँ ।’ 

फिल्म संजुबाट रणबीर आफ्नो भुमिकाको दायरा तोड्न चाहान्छन् । रणबीरलाई लाग्छ कि ऊ सानो शहर र ग्रामीण भारतमा लोकप्रिय छैनन्, तर सन्जु फिल्मपछि ऊ मेट्रो सिटीको सिमा तोड्न सफल रहन्छन् । 

अभिनेता संजय दत्त र उनका पिता सुनील दत्तबिच बाऊ छोराको जुन अल्झेको सम्बन्ध  थियो त्यस्तै, रणबीर आफ्नो र पिता ऋषि कपुरको सम्बन्धमा समानता देख्छन् । रणबीर भन्छन् कि ऋषि कपुर उनका पिता हुन् तर साथी हैनन् । उनी भन्छन् ‘यो सम्बन्धमा एक किसीमको डर पनी छ । रणबीर यो पनी मान्छन् कि यस सम्बन्धमा माया र आदर पनी त्यतिकै छ ।’ बीबीसी हिन्दिको सहयोगमा
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा