शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

के–के हेर्नुहुन्छ गुगलमा ? यसरी गरौँ व्यवस्थापन 

गुगलसँग सम्बन्धित सबै गतिविधिहरु रेर्कड भएर बसेका हुन्छन्, ती पुराना तथा ताजा गतिविधि, अनावश्यक विज्ञापन, अश्लिल साइटबारे जानकारी हटाएर आफ्नो अकाउन्ट गोप्य र सुरक्षित बनाउन सकिन्छ ।
प्रतिनिधिमुलक फाइल फोटो / वेब

काठमाडौं । मोबाइल, ट्याब होस् वा ल्यापटप, डेस्कटप कम्प्य्रटर प्राय हामी इन्टरनेट गुगल सर्च इन्जिनमार्फत नै चलाउछौँ । विभिन्न ब्राउजर क्रोम, मोजिला वा अन्य ब्राउजरमा हामी पहिले नै गुगलमार्फत विभिन्न सामाग्री खोज्छौँ ।

गुगल प्रयोगकर्ताहरु प्राय सबैले गुगल एकाउन्ट (जिमेल) खोलेका हुन्छन् । ती गुगल अकाउन्ट लग इन गरेर हामीले इन्टरनेटमा खोजेका सबै गतिविधिको एउटा फेहरीस्त नै गुगलले संगालेर राखेको हुन्छ ।

प्रयोगकर्ताहरुलाई सजिलो होस् भनेर गुगलले आफ्ना गतिविधिमाथि नियन्त्रण राख्न मिल्ने गरी ‘माइ एक्टिभिटी’ भन्ने एउटा सुविधा दिएको हुन्छ । जसमार्फत हामिले इन्टरनेटमा आफ्ना गतिविधिलाई आफ्नो सुविधाअनुसार नियन्त्रण गर्न सक्छौँ । आफ्ना गतिविधिलाई अझ बढी सुरक्षित र गोपनिय राख्न इन्टरनेट गतिविधि डिलिट गर्न सक्छौँ ।

‘माइ एक्टिभिटी’ नामक पेजले व्यक्तिगत जानकारीलाई व्यवस्थित गर्न सहयोग गर्दछ । यो सुविधाले अनावश्यक विज्ञापन तथा व्यक्तिगत जानकारी पनि फेर बदलसमेत गर्न सकिन्छ ।

इन्टरनेट ब्राउजरमा देखिने अनावश्यक विज्ञापन हटाई आफ्नो रुचीअनुसारको मात्रै विज्ञापन देखिनेसम्म बनाउन सकिन्छ । सुरुमा गुगलले आफ्ना विशेष व्यवसायिक प्रयोगकताएहरुमाझ ल्याएको यो सेवा अहिले सामान्य गुगल प्रयोगकर्ताले प्रयोग गर्न पाउँछन् ।

गुगलले यस सुविधामार्फत आफ्ना प्रयोगकर्ताको गोपनियताको जिम्मा उनीहरुकै हातमा हातमा राखिदिएको दाबी गर्दै आएको छ । तर, धेरैजसो प्रयोगकर्ताहरु यस सुविधाबारे अनभिज्ञ रहेका हुन्छन् । 

यदि तपाइँले विगतमा गुगल सर्चमा खोजेको पूरानो जानकारी डिलिट गर्न चाहनुहुन्छ भने पनि ‘माइ एक्टिभिटी पेज’मा जान सक्नुहुन्छ । यसकोृ लागि पहिले तपाईंले आफ्नो गुगल अकाउन्ट (जिमेल) लग–इन गर्नुपर्ने हुन्छ ।

infotech sancharkarmiलग–इन गरेसँगै एक सर्चबार देखा पर्दछ । तपाइँ जे सुकै सामाग्री डिलिट गर्न चाहनुहुन्छ भने त्यहाँ देखिएको सर्चबारमा लेखेर खोज्न सक्नुहुन्छ । एकछिनभरमै सबै सर्च हिस्ट्री, यु ट्युब भिडियो हेरेको रेकर्ड, गुगलमा खोजेको तस्वीरको रेकर्ड, वा अन्य साइट हेरेको रेर्कडलगायतका सबै विवरण डिलिट गर्न चाहनुहुन्छ भने त्योपनि सम्भव छ ।
यदि तपाइँ सबैचिज मेटाउन चाहनुहुन्छ भने तस्रोे विकल्प छ ।

Myinfotech

यी दुबै तरिकाको लागि स्क्रिनको दाहिनेतर्फ माथिल्लो भागमा जुन तिनवटा विन्दु देखा पर्दछन् त्यसमा क्लिक गरेर तपाइँले आफ्नो विकल्प छान्न सक्नुहुन्छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा