बिहीबार, ३ श्रावण, २०७५ Thursday, 19 July, 2018

विश्वकपमा नेपालको झण्डा यसरी फहरियो (फोटोफिचर)

'फुटबलको महाकुम्भमा आफ्नो देशको झण्डासहित उपस्थित हुन पाउँदा गौरवको महशुस भएको छ ।'
फोटो सौजन्य : अन्जना कट्टेल

काठमाडौं । खेलहरुको "राजा" फुटबल अनि त्यो खेलको महाकुम्भ मेला विश्वकप हरेक खेलप्रेमीको प्रत्यक्ष हेर्ने सपना हुन्छ तर यो धेरैका लागि सपनामै सिमित हुन्छ अझ नेपाली आम मानिसका लागि त आकाशको फल झैँ हुन्छ। तर केहि यस्ता भाग्यमानी नेपाली दर्शकहरु रसिया पुगे र त्यो महाकुम्भ मेला प्रत्यक्ष हेरे ।

nepali fans in worldcup sancharkarmiविश्वकप फुटबल हेर्न रसिया पुगेका दर्शकहरुले मस्कोस्थित लुजहिनिकी स्टेडियममा नेपाली झण्डासमेत फहराएका छन् । नेपालले फुटबलमा दक्षिण एसियामा समेत खासै ठुलो फट्को नमरे पनि लोकप्रियताको हिसाबले सबैभन्दा अगाडि छ । नेपालले विश्वकप फुटबल प्रतियोगिताको छनोटको दोस्रो चरणमा पुग्ने भन्दा खासै ठुलो उपस्थिति जनाउन सकेको छैन ।

nepali fans in worldcup sancharkarmiनेपालको झण्डासहित रसिया पुग्ने नेपालीको समुहमा मकालु टेलिभिजनका सीईओ दिवस सुवेदीसहित दिपेश सुवेदी, उपेन्द्र राई, पर्वतराज झा, मिनकुमार श्रेष्ठ, विरेन्द्र भगत र जेनिश कोइराला रहेका छन् ।

nepali fans in worldcup sancharkarmiउनीहरुले फुटबलको महाकुम्भमा आफ्नो देशको झण्डासहित उपस्थित हुन पाउँदा गौरव महशुस गरेको बताएका छन् ।

दिवस सुवेदी आफैमा पनि एक फुटबल खेलाडी हुन् । ‘मलाई फुटबलमा एकदमै चाख छ, बैंग्लोरमा अध्ययनको क्रममा बस्दा त्यहाँको स्थानीय फुटबल क्लबको क्याप्टेनको भुमिका निभाएको थिँए’ उनले भने, ‘विश्वकप स्टेडियममा आएर प्रत्यक्ष हेर्दा एकदमै भाग्यमानी ठानेको छु ।’

nepali fans in worldcup sancharkarmiउनीहरुको समुहले अहिलेसम्म चारओटा खेलहरु हेरीसके । स्टेडियममै पुगेर उनीहरुले पोर्चुगलविरुद्ध स्पेन, ब्राजिलविरुद्ध स्वीजरल्याण्ड, इंग्ल्याण्डविरुद्ध ट्युनिसिया र पोर्चुगलविरुद्ध मोरोक्कोका खेलहरु हेरेको सुवेदीले बताए ।
nepali fans in worldcup sancharkarmi

उनीहरुले त्यसै अवसरमा नेपालको बारेमा अन्य मुलुकबाट फुटबल हेर्न आएका दर्शकहरुलाई बताएका थिए । त्यहाँ पुगेका दिवसले भने 'त्यहाँ पुगेपछि आफुलाई मनपर्ने टिमको झन्डा र जर्सीको भन्दापनि नेपाली झण्डाप्रतिको श्रद्दा र प्रेम धेरै आभास भयो त्यसैले हामीले त्यहाँ नेपाल र नेपालीको बारेमा धेरैसँग कुराकानी गर्यौ" । उनी थप्छन्, " हाम्रो झन्डा मन परेर धेरैले फोटो खिचे र चाडैं नेपाल घुम्न आउने बचन दिएका छन् " ।

nepali fans in worldcup sancharkarmi

nepali fans in worldcup sancharkarmiतस्वीर सौजन्य : अन्जना कट्टेल 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा