शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

विश्वकप : आज तीन खेल हुँदै, अर्जेन्टिना र फ्रान्स दबाबमा

पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएर बराबरी अंक बाँड्न सफल अर्जेन्टिना क्रोएसियाभन्दा बढी दबाबमा छ ।
फाइल फोटो /वेब

काठमाडौं, ७ असार । रुसमा जारी विश्वकप फुटबलको २१ औँ संस्करणको समुह चरणमा बिहीबार (आज) तीन खेल हुँदैछन् ।

समूह ‘सी’अर्न्तगतको खेलमा पहिलो खेलमा डेनमार्कविरुद्ध अष्ट्रेलिया सामरा एरिना स्टेडियमको मैदानमा उत्रदैछ । पहिलो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे सुरु हुनेछ ।

पहिलो खेलमा पेरुलाई हराएर ३ अंक जोड्न सफल भएको डेनमार्क नकआउट चरण प्रवेशका लागि आज लगातार दोस्रो जित हात पार्ने दाउमा हुनेछ । त्यस्तै, पहिलो खेलमा फ्रान्ससँग हारेको अष्ट्रेलिया भने नकआउट चरणमा पुग्ने संभावना कायम राख्न जित्नैपर्ने दबाबमा छ ।

समूह ‘सी’अर्न्तगतका आजै हुने दोस्रो खेल फ्रान्सविरुद्ध पेरु एकातेरिन्बर्ग एरिना स्टेडियमको मैदानमा उत्रदैछ । दोस्रो खेल नेपाली समय अनुसार राती पौने ९ वजे सुरु हुनेछ ।

पहिलो खेलमा अष्ट्रेलियालाई हराएर ३ अंक जोड्न सफल फ्रान्स पनि नकआउट चरण प्रवेशका लागि आज लगातार दोस्रो जित हात पार्ने दाउमा छ । त्यस्तै, पहिलो खेलमा डेनमार्कसँग हारेको पेरु नकआउट चरणमा पुग्ने संभावना कायम राख्न जित्नैपर्ने दबाबमा छ ।

त्यसैगरी, समूह ‘डी’अर्न्तगत सबैभन्दा बहुप्रतिक्षित मानिएको अर्जेन्टिनाविरुद्ध क्रोएसिया बिच आजैको तेस्रो खेलमा निझ्ने नोभगोर्ड स्टेडियमको मैदानमा भिड्दै  छन् । तेस्रो खेल नेपाली समय अनुसार राती पौने १२ वजे सुरु हुनेछ ।

पहिलो खेलमा आइसल्याण्डसँग अनपेक्षित रुपमा बराबरीमा बराबरीमा बराबरीमा रोकिएपछि अंक बाँड्न बाध्य बनेको अर्जेन्टिना क्रोएसियाभन्दा बढी दबाबमा छ । आजको खेलमा अर्जेन्टिनाका स्टार लियोनल मेसी कुनै पनि हालतमा जितका लागि मैदानमा उत्रिनेछन् ।

त्यस्तै, पहिलो खेलमा नाईजेरियालाई हराएर ३ अंक जोड्न सफल क्रोएसिया पनि लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको यात्रा सहज बनाउने दाउमा छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा