बिहीबार, ३ श्रावण, २०७५ Thursday, 19 July, 2018

कलाकारिताको मिनी थिएटर ‘म्युजिकल्ली’

म्युजिकल्लीलाई ‘दामे तु कोसिता च्यालेन्ज...’ले थप लोकप्रिय बनायो
फाइल फोटो /वेब

काठमाडौं । हिजो–आज नेपाली अभिनेता, कलाकार, गायक अझ भनै शहरिया युवामाझ ‘म्युजिकल्ली’ को लहर  नै चलेको छ ।

गीत, भाषण, फिल्मी संवादलगायत अन्य सामाजिक सन्जालमा ट्रोल भएका भिडियो क्लिपलाई मोबाइल एप्लिकेशन ‘म्युजिकल्ली’मार्फत भिडियो खिचेर गरिन्छ ।

ती भिडियोलाई इन्स्टाग्राम र फेसबुकलगायत सामाजिक सन्जालमा शेयर गर्ने गरिन्छ । हिजो–आज ‘म्युजिकल्ली’को लहर युवा–युवतीमाझ मात्र नभई स–साना भाइबैनी र हजूर बा–आमासम्मले प्रयोग गरेको हेर्न पाइन्छ ।

युवा–युवतीसँगै सबै उमेर समुहमा समय बिताउने सिर्जनात्मक मेसो बनेको छ । म्युजिकल्ली चलाएर आफ्नो क्रियटिभिटी देखाएर आफ्ना फ्यानहरुको वाह–वाह पाउने सकिने भएकोले पनि अभिनेत्री, अभिनेता, गायक–गायिका तथा मोडलहरु पनि टाढा रहन सकेका छैनन् ।

नेपालमा खाफ्नो ख्याती कमाउन सफल मानिएका नायीका प्रियंका कार्की, बर्षा राउत, आँचल शर्मा, पुजा शर्मालगायतले म्युजिकल्ली एप्स मार्फत भिडियो बनाएर सामाजिक सन्जालका शेयर गरिरहेका छन् । नायिकाका मात्र होइनन् नायकह पल शाह, आकाश श्रेष्ठलगायत अन्य धेरै कलाकार म्युजिकल्ली भिडियो बनाउनेमा पर्छन् ।

नेपाल आइडल विजेता गायक बुद्ध लामा, गायक स्वप्न सुमनले पनि त्यस्ता भिडियो बनाई अपलोड गरिरहन्छन् । कतिपय नायिकाहरुलाई त म्युजिकल्लीको लत नै लागे जस्तो देखिन्छ । उनीहरु बिहान बेलुका जसोगरि नै नयाँ–नयाँ भिडियो अपलोड गरिरहेका हुन्छन् । नायिका एलिजा गौतमले आफ्ना पति पत्रकार ऋषी धमलासँग मिलेर बनाएकी ‘एउटा कुरा सोधुँ...’ गीतको म्युजिकल्ली भिडियो केही समय अगाडी भाइरल नै बन्यो । सामाजिक सन्जालमा उनीहरु दुबैजना ट्रोल नै बने ।

रेस्मा घिमिरे, श्रेया, एमी फाल्जो, सजिन महर्जन, रिसाया दाहाललगायत त म्युजिकल्ली प्रयोगकर्ता म्युजर्सको सेलिब्रेटीको रुपमा  स्थापित  भैसकेका छन् । उनीहरुको भिडियोले हजारौँ फ्यान र लाखौँ दर्शक पाउन थालेका छन् ।

उनीहरुको ‘फ्यान फलोइङ’ कुनै सेलिब्रेटीको भन्दा कम छैन । भारतीय कलाकारको प्रयोगसँगै बलिउडमा ट्रेन्डिङ–१ मा पर्न म्युजिकल्ली एप्स नेपालमा भने पछिल्लो समय विस्तारै नेपाली युवामाझ लोकप्रिय हुँदैछ । म्युजिकल्लीलाई ‘दामे तु कोसिता च्यालेन्ज...’ले थप लोकप्रिय बनाइदिएको छ । ‘दामे तु कोशिता च्यालेन्ज...’मा रहेको हरियो एलियनसँग नाच्नु पर्ने च्यालेन्ज हुन्छ । नेपालको डान्सर आश्मा ‘दामे तु कोसिता च्यालेन्ज...’सँग नाचेको भिडियो नेपाली युवामाझ निकै लोकप्रिय बनेको थियो । उक्त म्युजिकल्ली भिडियो युट्युबमा समेत ट्रेन्डिङमा आएको थियो ।

एलियनलाई च्यालेन्ज दिने खालको उक्त डान्स बिश्वका धेरै मानिसहरुले गरेको देख्न पाइन्छ । म्युजिकल्ली यस्तो एप्स हो जसले म्युजर्सलाई आफ्नो भिडियो निर्माण गर्ने सुविधा दिन्छ । यस्ता भिडियो १५ सेकेन्ड देखी १ मिनेट लामा हुन्छन् । विभिन्न क्लिपमा म्युजर्सले लिपसिंङ् (ओठ चलाएर गीत गाएजस्तो गर्ने) गर्दै हाउभाउ गर्छन । यस एप्समा समयलाई फास्ट-स्लो मोसनजस्ता विभिन्न अप्सन र अनेक प्रकारका डिजिटल फिल्टर तथा इफेक्ट उपलब्ध रहेका छन् । सन् २०१४ मा चिनियाँ भिडियो नेटवर्कले निर्माण गरेको यस एप्समा अहिलेसम्म २० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

‘म्युजिकल्ली’ एक हिसाबले कलाकारिताको मिनी थिएटर जस्तै बनेको छ कलाकारिता सिक्ने, जान्ने र गर्नेहरुकालागि ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा