शुक्रबार, ३० कार्तिक, २०७५ Friday, 16 November, 2018

तस्वीरमा स्व. डा.देवकोटा, राष्ट्रपतिद्वारा समवेदना प्रकट

सन्देशमा राष्ट्रपति भण्डारीले डा देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै गहिरो दुःख प्रकट
वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल । तस्बिर : कल्पना पौडेल, रासस

काठमाडौँ, ५ असार । वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । 

आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 

उनीहरु सबैले राज्यले नेपालको स्वास्थ्य क्षेत्रमा अतुलनीय व्यक्तित्व गुमाएको र डा देवकोटाको अभावलाई परिपूर्ति गर्न देशलाई वर्षौँ लाग्ने प्रतिक्रिया दिएका छन् । 

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल । तस्बिर : कल्पना पौडेल, रासस

 

डा. देवकोटाको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छिन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल गई उनकी धर्मपत्नी डा मधु देवकोटा दीक्षित एवं छोरीहरुलाई समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीका तर्फबाट शोक सन्देश दिए । 

सन्देशमा राष्ट्रपति भण्डारीले डा देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै गहिरो दुःख प्रकट गरेकी छिन् । 

डा देवकोटाको सोमबार अपराह्न निधन भएको थियो । उनको शवलाई श्रद्धाञ्जलि प्रकट गर्न अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।

आज दिउँसो १ बजेपछि शवयात्रा गरी पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा डा देवकोटाको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा