बिहीबार, ३ श्रावण, २०७५ Thursday, 19 July, 2018

थुलुङ दूधकोशी गाउँपालिकाका वडाध्यक्षलाई हातपात गर्नेविरुद्ध मुद्दा

“वडाध्यक्षज्यूले त समय मिलाएर काम गरिदिनु भन्दै हुनुहुन्थ्यो, एक्कासि आक्रमण भयो ।”
प्रतिनिधिमुलक फोटो | वेब

सोलुखुम्बु, ५ जेठ सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिंह राईमाथि हातपात गरेको आरोपमा एकजना महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ ।

वडाध्यक्ष राईलाई सोलुखुम्बुको सल्लेरी बजारमा रहेको एक होटलमा हातपात भएको किटानी जाहेरीको आधारमा उनलाई सोमबार (हिजो) नै पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए ।

सेवाग्राहीको काम गर्ने सिलसिलामा सल्लेरी बजारमा वडाध्यक्ष राईलाई लेखापढी व्यवसायीसमेत रहेकी महिलाले बिनाकारण एक्कासि हातपात गरेको वडाध्यक्ष राईको भनाइ छ । उनले भने, “स्थानीय जनताको जग्गा नामसारीका लागि सिफारिस गर्दा सामान्य त्रुटि भएछ, सेवाग्राहीको फाइल मगाएर सच्याउने क्रममा आफूमाथि एक्कासि हातपात भयो ।”

प्रत्यक्षदर्शी लालबहादुर बस्नेतले भने, “वडाध्यक्षज्यूले त समय मिलाएर काम गरिदिनु भन्दै हुनुहुन्थ्यो, एक्कासि आक्रमण भयो ।” बस्नेतले थपे, “प्रकृति हेर्दा नियतवश जनप्रनिधिमाथि बिनाकारण आक्रमण भएको बुझिन्छ ।” “हामी वडाध्यक्षसँगै काठमाडौँबाट सोलुखुम्बु आएका हौँ, बाटोमा आउँदै गर्दा पटकपटक फोन आयो,” बस्नेतले भन्नुभयो, “ उनको प्रस्तुति नियतवश जस्तै लाग्यो ।”

यता गाउँपालिका अध्यक्ष असिम राईले जनप्रनितिधिमाथि सार्वजनिक स्थानमा भएको आक्रमणमा गम्भीर ध्यानाकर्षण भएको बताए । सेवाग्राहीले केही प्रतिक्रिया नदिई लेखापढी व्यवसायीले जनप्रतिनिधिमाथि आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै अध्यक्ष राईले यो विषय सबै जनप्रतिनिधिको लागि चुनौतीको विषय बनेको बताए ।

३५ वर्षीया निरकुमारी राईले भने आफूलाई गाली बेइज्जती गरेकाले एक झापड हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा