सोमबार, ११ असार, २०७५ Monday, 25 June, 2018

सन् २०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने

उक्त दाबी (बेट) माथि भएको भोटीङ्गमा मोरोक्को पक्षमा ३३ प्रतिशत मत खसेको थियो

काठमाडौं, ३० जेठ । सन् २०२६ को विश्वकप फुटबलको आयोजना क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा गर्ने भएको छ ।

मोस्कोस्थित फिफा कंग्रेसमा बुधबार (आज) भएको  दाबी  (बेट) माथिको भएको भोटीङ्गमा मोरोक्कोलाई हराउँदै क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा सन् २०२६ को विश्वकप फुटबलको आयोजना गर्न पाउने दाबीलाई १३४ भोटले पारित गरेको हो ।

उक्त दाबी (बेट) माथि भएको भोटीङ्गमा मोरोक्को पक्षमा ३३ प्रतिशत मत खसेको थियो भने क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त पक्षमा ६७ प्रतिशत मत प्राप्त गरी सन् २०२६ को विश्वकप फुटबलको आयोजना गर्न पाएको फिफाले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा