मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

स्पेनले आफ्नो मुख्य प्रशिक्षक लोपेटेगुईलाई बर्खास्त गर्यो

स्पेन समुह बी को पहिलो खेल शुक्रबार पोर्चुगल बिरुद्द पहिलो खेल खेल्दै
फाइल फोटो | गार्जियन

गार्जियन , ३० जेठ । स्पेनले विश्वकप सुरु हुनु एकदिन अगाडि आफ्नो मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईलाई आज बर्खास्त गरेको छ । हिजो लोपेटेगुईले रियल म्याड्रिड क्लबको प्रशिक्षक बन्ने सहमति जनाउँदै तीन बर्षे सम्झौता गरेका थिए।

स्पेनिस फुटबल एसोसियनका अध्यक्ष लुइस रुबैलेस फिफाको कंग्रेसमा भाग लिन आज जाने कार्यक्रम भए पनि उनि हिजोनै स्पेनिस टिम भएको स्थानमा पुगेर यो बिषयलाई सम्बोधन गर्न लागि परेका थिए । 

“ हामीलाई यस्तो निर्णय लिन बाध्य परियो हामी उनलाई उज्वल भबिस्यको कामना गर्दछौं ”, बैलेसले भने।  स्पेन समुह बी को पहिलो खेल शुक्रबार पोर्चुगल बिरुद्द पहिलो खेल खेल्दै छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा