मंगलबार, २५ मङ्सिर, २०७५ Tuesday, 11 December, 2018

सुनकाण्ड : छानबिन समितिद्वारा बाजेको सेकुवामा शिलवन्दि

सुनकाण्डमा मुछिएका भण्डारीको लगानी रहेको भेटिएपछि अदालतको आदेशमा समितिले बुधबार (आज) ६ वटा शाखामा छापामारी शिलवन्दि गरेको हो ।
फाइल फोटो /वेब

काठमाडौं, ३० जेठ ।  सुन तस्करीमा मुछिएका चेतन भनिने फरार चेतनाथ भण्डारीको लगानी रहको भन्दै छानबिन समितिले उपत्यकामा रहेको बाजेको सेकुवा रेष्टुरेन्टका ६ ओटा शाखामा शिलवन्दि गरेको छ ।

अनुसन्धानको क्रममा सुनकाण्डमा मुछिएका भण्डारीको लगानी रहेको भेटिएपछि जिल्ला अदालत मोरङको अनुमति प्राप्त गरी  समितिले बुधबार (आज) ६ वटा शाखामा छापामारी कारोबार रोक्का र होटल बन्द गराई शिलबन्दी गरिएको समितिले जनाएको छ । 

समितिले सुन तस्करीमा संलग्न रहेका भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित सेकुवा रेष्टुराँमा छापामारी शिलवन्दि गरेको हो । 

समितिका अनुसार बाजेको सेकुवा नाममा हाल १० रेष्टुराँ सञ्चालनमा रहेका छन् जसमध्ये पाँच वटा भण्डारी र एउटा उनको सालोको नाममा रहेका छन् । 

अनुसन्धान समितिका संयोजक तथा गृह मन्त्रालयका सह–सचिव ईश्वरीराज पौडेलले  फरार प्रतिवादी भण्डारीको स्वामित्वमा रहेका ६ ओटा बाजेको सेकुवाको शाखामा शिलबन्दी गरिएको र अन्य शाखामाथि अनुसन्धान भइरहेको जानकारी दिए । 

साढे ३३ किलो सुनकाण्ड, संगठित अपराध तथा हत्यालगायतमा मोरङ जिल्ला अदालतमा बाजेको सेकुवा रेष्टुरेन्टका मालिक भण्डारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

यसअघि छानविन समितिले सुनका मुख्य लगानीकर्ता मानिएका एमके भनिने मोहनकुमार अग्रवाल र अर्का प्रतिवादी राजेन्द्र शाक्यको स्वामित्वमा रहेको आरके ज्वेलर्सको ३ वटा शाखामा छापा मारेको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा