मंगलबार, २५ मङ्सिर, २०७५ Tuesday, 11 December, 2018

पचास हजार लिटर घरेलु मदिरा नष्ट

“काठमाडौंका विभिन्न वृत्त र प्रभागबाट एक हप्तामा संकलन गरिएको मदिरा आज नष्ट गरेका हौँ,”
फाइल फोटो /वेब

काठमाडौं, ३० जेठ । महानगरीय प्रहरी परिसर काठमाडौंले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

परिसरले काठमाडौंका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा बुधबार (आज) नष्ट गरेको हो । 

महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौंलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले चालिएको कारबाहीमा उक्त मदिरा बरामद भएको बताए । “काठमाडौंका विभिन्न वृत्त र प्रभागबाट एक हप्तामा संकलन गरिएको मदिरा आज नष्ट गरेका हौँ,” उनले भने । “घरेलु मदिरा सेवनबाट अधिकांश आपराधिक क्रियाकलापहरु हुने भएपछि उक्त अपराधलाई न्यूनीकरण गर्न विशेष कदम चालेका छौँ ।” 

घरेलु मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप बढ्ने, शान्तिसुरक्षा एवम् अमनचयनमा खलल पुर्‍याउने, अशान्ति पैदा हुने, हिंसाका घटना बढ्ने भएकाले अवैध घरेलु मदिरा बरामद गरिएको परिसरले जनाएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा