मंगलबार, २५ मङ्सिर, २०७५ Tuesday, 11 December, 2018

सर्पदंसका बिरामी दैनिक बढ्दै

दैनिक पाँचदेखि सात जनासम्म सर्पले टोकेका बिरामी अस्पतालमा उपचारका लागि आउने गर्दछन् । 
प्रतिनिधिमुलक फोटो | वेब

गौशाला, ३० जेठ । गर्मी बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा.राजीव झाका अनुसार यस अस्पतालमा अहिले दैनिक पाँचदेखि सात जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गर्दछन् । 

जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा समेत ती सर्पले सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा झाले बताए । 

डा झाले यस अस्पतालमा आउनेमध्ये बढी बिरामीलाई विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको बताए ।

अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी बढेको छ ।जिल्लामा ढोरिया, हरहरालगायतका विषरहित तथा करेत र गोमनजस्ता विषालु सर्प देखा पर्ने गर्दछन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा