मंगलबार, २५ मङ्सिर, २०७५ Tuesday, 11 December, 2018

परराष्ट्र मन्त्रालयद्वारा ट्रम्प–किम वार्ताको स्वागत

कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको विश्वास नेपालले गरेको छ
फाइल फोटो /वेब

काठमाडौं, २९ जेठ । सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच मंगलबार (आज) सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ । 

शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको विश्वास नेपालले गरेको छ । 

परराष्ट्र मन्त्रालयले आज अपराह्न एक विज्ञप्ति जारी गरेर कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम हुने विश्वास व्यक्त गरेको हो । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा