मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

शेयर बजार : सामान्य अंकले घट्यो

नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ । 
सांकेतिक फाइल फोटो/वेब

काठमाडौं, २९ जेठ । सोमबार केही बढेको शेयर बजार मंगलबार (आज) भने सामान्य अंकले घटेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ । 

आज कूल १६० कम्पनीको नौ लाख ४७ हजार ३९३ कित्ता शेयर रु २९ करोड ९० लाख ९३ हजार ५७९ मूल्यमा खरिद बिक्री भएको छ । 

स्टकका अनुसार तीन उपसमूहको शेयर भने बढेको छ । फाइनान्स समूह २.१५, बीमा १.५९ र उत्पादन समूह ५.१२ बिन्दुले बढ्दा बैंकिङ २.९, होटल १४.५९, विकास बैंक ०.४७, जलविद्युत् २.२५, माइक्रोफाइनान्स १.१६ र अन्य समूहको शेयर भने स्थिर रहेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा