मंगलबार, २५ मङ्सिर, २०७५ Tuesday, 11 December, 2018

ढाकामा पहिरोमा परी तेह्रको मृत्यु

गत बर्षको जुनमा पनि बङ्गलादेशको चटगाउँलगायत पाँच वटा जिल्लामा गएको भीषण पहिरोमा परी कम्तीमा १५३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सयौ घाइते भएका थिए । 
प्रतिनिधिमुलक फोटो

ढाका, २९ जेठ । दक्षिणपश्चिमी बङ्गलादेशको दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरो परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । 

मङ्गलबार बिहान सबेरै दक्षिणपश्चिमी बङ्गलादेशका दुईवटा जिल्लामा पहिरो सुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन । 

ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा पहिरोमा परी ११ व्यक्तिको मृत्यु भएको बताइएको छ । 

त्यसैगरी कोक्स बजार जिल्लामा गएको पहिरोमा परी एक रोहिङ्ग्या शरणार्थीसहित दुईको मृत्यु भएको समाचारमा जनाइएको छ ।

राजधानी ढाकाबाट करिब २९२ किलोमिटर दक्षिणपूर्वमा पर्ने यस इलाकामा म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण विस्थापित भएका करिब १० लाख रोहिङ्ग्या मुसलमान शरणार्थीहरुको बसोवास रहेको छ । 

गत बर्षको जुनमा पनि बङ्गलादेशको चटगाउँलगायत पाँच वटा जिल्लामा गएको भीषण पहिरोमा परी कम्तीमा १५३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सयौ घाइते भएका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा