मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

बर्षाका कारण भारतमा ७९ जनाको ज्यान गयो 

आंशिक र पूर्ण गरी कुल १२ सय भन्दा बढी घरहरूमा क्षति 
फाइल फोटो : द इण्डियन एक्सप्रेस

नयाँदिल्ली, २८ जेठ । भारतका विभिन्न ठाँउमा अत्यधिक बर्षाका कारण भएका घटनामा परी विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । 

मृत्यु भएका मध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । 

“भारी बर्षाका कारण गत दुई दिनमा यस राज्यका विभिन्न ठाँउमा भएका घटनाहरूमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ,” राज्यका एक मन्त्री चन्द्रशेखरनले प्रदेश सभामा गरेको सम्बोधनमा बताए ।
 
उनले आंशिक र पूर्ण गरी कुल १२ सय भन्दा बढी घरहरूमा क्षति पुगेको पनि जानकारी दिए । घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई चार लाख रुपैँया राहत रकम उपलब्ध गराउने घोषणा पनि मन्त्रीले गरे । 

भारी बर्षाबाट प्रभावित र पीडित हुनेमा केरलासहित केही अन्य राज्य पनि पीडित भएका छन् । भारतको उत्तर प्रदेशमा बर्षाका कारण भएका घटनाहरूमा परी कुल २६ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

त्यसैगरी, छिमेकी राज्य विहारमा पनि गत हप्ता २७ जनाको मृत्यु भएको बताइएको छ । 

भारतका पाँच प्रदेशमा गरी कुल २५० भन्दा बढीको मृत्यु गत महिनाको बर्षा र बाढी पहिरोका कारण भएको थियो । घटनामा परी अरु ४०० जना घाइते भएका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा