मंगलबार, २५ मङ्सिर, २०७५ Tuesday, 11 December, 2018

विश्वकप : नेइमार र कोटिन्होसहित ब्राजिलियन टोली रुस पुग्यो

अहिलेसम्म पाँचपटक विश्वकप जित्ने एउटै देश ब्राजिल हो भने फिफाको विश्वकपमा लगातार सहभागी हुने देश पनि ब्राजिल नै हो । 
फोटो : एएफपी

मस्को, २८ जेठ । विश्व चर्चित फुटबल खेलाडी नेइमारसहित ब्राजिलियन फुटबल टोली विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् । 

विश्वकप प्रतियोगितामा सहभागी हुन सोमबार (आज) नेइमारसहित कोटिन्हो, फिर्मिन्हो, डानिलो, फिलिपे लुइस, मार्सेलोलगायतको  ब्राजिलियन फुटबल टोली रसियाको सोचि विमानस्थलमा अवतरण गरेका हुन् ।

आइतबार (हिजो) अष्ट्रियासँग भएको मैत्रिपूर्ण खेलमा ३–० ले विजय हासिल गरे लगत्तै उनीहरु रसियाका लागि उडेका थिए ।

नेइमार र मार्सेलो तथा उनको टोलीलाई रुसमा परम्परागतरुपमा भव्य स्वागत गरिएको छ । उनीहरुलाई सोचिस्थित कमेलियामा रहेको स्विस्टोल रिर्सोटमा बस्ने व्यबस्था गरिएको छ । त्यस्तै, उनीहरुले योग स्पोर्ट स्टेडियममा भोलिबाट प्रशिक्षण सुरु गर्नेछन् ।

समुह–इ मा रहेको ब्राजिलले आगामी आइतबार (जुन १७) मा 'रोस्टोभ स्टेडियम'मा स्वीजरल्याण्डविरुद्ध पहिलो खेल खेल्नेछ । त्यस्तै, जुन २२ मा कोस्टारिकाविरुद्ध 'सेन्ट पिटर्सबर्ग स्टेडियम'मा खेल्नेछन् भने जुन २७ मा सर्बियाविरुद्ध मस्कोस्थित 'स्पार्टक स्टेडियम'मा खेल्नेछ ।

विमानस्थलमा अवतरण गरेदेखि नै ब्राजिलका खेलाडीलाई प्रहरीले कडा सुरक्षाको व्यवस्था गरेको छ । फिफाको बरियता क्रममा  दोस्रो नम्बरमा रहेको ब्राजिलियन टोलीलाई विश्वकपमा सबैभन्दा बलियो उपाधि दाबेदार टिमको रुपमा हेरिएको छ । 

अहिलेसम्म पाँचपटक विश्वकप जित्ने एउटै मात्र देश ब्राजिल हो भने फिफाको विश्वकपको फाइनल चरणमा लगातार सहभागी हुने देश पनि ब्राजिल नै हो । 

बत्तिस देशको टिममध्ये धेरै देशका टिमहरु  भने यसअघि नै रुस आइपुगेका छन् भने बाँकि अन्य देशका टोली आउने क्रम जारी छ । अहिले विश्वको ध्यान विश्वकम आयोजक राष्ट्र रुसतर्फ खिचिएको छ । 

फुटबलको महासंग्राम मानिने विश्वकप प्रतियोगिता रुसले पहिलो पटक आयोजना गरेको हो । २१औँ संस्करणको विश्वकप यही जुन १४ देखि जुलाई १५ सम्म हुन लागेको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा