मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थी पक्राउ

पक्राउ परेकामध्ये १२७ पुरुष र १० महिला रहेका छन् ।
फाइल फोटो /वेब

काठमाडौं २७ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौं नवौँ कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । 

परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई हिजो नियन्त्रणमा लिएको हो । 

परिसरका प्रवक्ता मोहनकुमार थापाले नौवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा चेकजाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिए ।

जेभियर इन्टरनेशनल स्कुल बौद्धबाट ५८, गोल्डेनगेट इन्टरनेशनल कलेज वत्तीसपुतलीबाट सात, भिएस निकेतन तिनकुनेबाट १४, नोबेल एकेडेमी नयाँ बानेश्वरबाट १०, युनिभर्सल कलेज मैतीदेवीबाट १६, टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट १९, एलआरआई स्कुल कलंकीबाट दुई, एनकेसिंह मेमोरियल कलेज नयाँ बानेश्वरबाट आठ र ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लीबजारबाट तीन जनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । 

पक्राउ परेकामध्ये १२७ पुरुष र १० महिला रहेको प्रवक्ता थापाले जानकारी दिएका हुन् ।

त्यसैगरी, आइतबार (हिजो)को परीक्षामा ४७ नक्कली परीक्षार्थीलाई पक्राउ परेका थिए । रासस

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा