मंगलबार, २५ मङ्सिर, २०७५ Tuesday, 11 December, 2018

किम–ट्रम्प वार्ताका लागि १ करोड ५० लाख डलर खर्च, कसले व्यहोर्दै छ ? 

सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ ।
सांकेतिक फाइल फोटो : बीबीसी

बीबीसी, २७ जेठ । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उनको देशले करिब १ करोड ५० लाख डलर खर्च गर्ने जनाएका छन् ।

सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ ।

सिंगापुरको हितमा रहेको एउटा अन्तर्राष्ट्रिय  प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित भएको लीले बताएका छन् । साथै, सो शिखरवार्तामार्फत् आफ्नो देशलाई राम्रै प्रचार मिल्ने पनि उनले बताएका छन् ।

उत्तर कोरियाली नेता किमसँग भेट गर्नुपूर्व सिंगापुरका प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो । उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने उनको बहु(प्रतीक्षित शिखरवार्ताका लागि सिंगापुर पुगिसकेका छन् ।

बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको भेटवार्ता यो नै पहिलो हो ।

परमाणु अस्त्र परित्याग गर्नेसम्बन्धी प्रतिबद्धता किमका तर्फबाट आउने आशा वासिङ्टनले गरिरहेको छ ।

सिंगापुरतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले उनकै शब्दमा दुई जनाबीचको भेटबाट कस्तो प्रतिफल आउने भन्ने थाहा पाउनलाई उनलाई एक मिनेट मात्रै लाग्ने जनाए । बीबीसी नेपाली

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा